Comments Add Comment

के रीमा र केकीसँग बेनिशाको सम्बन्ध चिसिएको हो ?

नायिका केकी अधिकारी निर्मात्री रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’मा नायिका बेनिशा हमाल अटाइनन् । नायिका रीमा विश्वकर्माले एउटै गीतमा भएपनि नृत्य गरिन् ।

निर्माणमा केकीको समेत संलग्नता रहेको ‘कमेडी च्याम्पियन’ नामक रियालिटी शोमा रीमा होस्ट बनिन् । ‘कोहलपुर एक्सप्रेस’ नामक चलचित्रमा नायिका रहेकी ऋचा शर्मा यसमा निर्णायक बनिन् । यो शोबाट बेनिशा हमाल टाढा रहिन् ।

नायिका बेनिशा हमालले शनिबार जन्मदिन मनाउँदै गर्दा केकी र रीमा देखिएनन् । बरु, नायिका वर्षा राउत र स्वस्तिमा खड्का देखिए ।

यी सबै कुराहरु हेर्दा चलचित्र ‘स्वर’बाट डेब्यू गरेका नायिकात्रय केकी अधिकारी, रीमा विश्वकर्मा र बेनिशा हमालको मित्रतामा चिसोपना आएको हो कि भन्ने शंका उत्पन्न हुनु स्वभाविक नै हो ।

बेनिशा, केकी र रीमा आफूहरुको मित्रताको बिषयमा सधै नै चर्चा गर्छन् । तर, पछिल्ला केही बर्ष बेनिशा केकी र रीमाको टिममा अटाउन छाडेकी छिन् ।

नायिका बेनिशा हमाल केही महिना अगाडि फिल्म मेकिङको अध्ययनका लागि मुम्बई हानिइन् । यसपछि, झनै उनीहरु एकसाथ देखिन छाडे ।

तर, वुझिएअनुसार बेनिशा, रीमा र केकीको मित्रतामा खटपट आएको छैन । चलचित्र ‘कोहलपुर एक्सप्रेस’का निर्देशक विशाल भण्डारी र नायिका बेनिशा हमालको सम्बन्धमा खटपट भने आएको थियो । जसलेगर्दा पनि बेनिशाले पछिल्ला दुई प्रोजेक्टमा आवद्ध हुन सहजता महशुश नगरेको हुनसक्छ ।

जन्मदिनमा केकी र रीमा नहुनुको कारण खुलाउँदै बेनिशाले भनिन्–‘मलाई केकी र रीमासँग खटपट भएको हो भनेर धेरैले प्रश्न गर्नुहुन्छ । तर, हाम्रो मित्रतामा चिसोपना आएको छैन । मैले ५ बर्षदेखि आफैले जन्मदिन सेलिव्रेट गरेकी छैन । शनिबार पनि साथीहरुले जन्मदिनको कार्यक्रम आयोजना गरिदिनुभएको हो ।’

बेनिशाका अनुसार, एक–दुई दिनमै केकी र रीमासँग उनले जन्मदिनको केक काट्नेछिन् । तर, केही बर्ष अगाडि रीमा र बेनिशाको सम्बन्धमा भने चिसोपना आएको थियो ।

चलचित्र ‘स्वर’बाट एकसाथ चलचित्र क्षेत्रमा प्रवेश गरेका यी तिन नायिका अहिले आफ्नै शैलीमा चलचित्र क्षेत्रमा व्यस्त छन् । तर, बेला–बेलामा उनीहरुको मित्रता धमिलिएको चर्चा भने चलिरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment