
१३ साउन, झापा । प्रहरीले एक हजार चार सय ७० किलो अवैध सुपारीसहित बरामद गरेको छ । सोमबार बिहान साढे १ बजे झापाको मेचीनगर नगरपालिका–४, प्रसादगौंडामा लुकाएर राखेको अवस्थामा सुपारी बरामद भएको हो ।
झापा प्रहरीका डीएसपी राकेश थापाका अनुसार नेपाल–भारत दशगजा क्षेत्रमा जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले ती सुपारी बरामद गरेको हो ।
बरामद सुपारीको अन्दाजी मूल्य साढे ४ लाख छ । बरामद सुपारीलाई सोमबारै मेची भन्सार कार्यालय, काँकरभिट्टा बुझाइएको थापाले बताए ।
सुपारी धनीलाई पनि प्रहरीले पक्राउ गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4