+
+
Shares

दार्चुला : पहिरोमा दम्पत्ति पुरिए, छोरा भागेर जोगिए

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १३ गते १०:१४
सां‌केतिक फोटो

१३ साउन, काठमाडौं । दार्चुलाको दहुँ गाउँपालिका–३, सल्लीमा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता भएका छन् । एक जना भने भागेर जोगिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रमुख डीएसपी पदमबहादुर विष्टले अनलाइनखबरलाई बताए अनुसार गएराति पहिरो खस्दा घरमा रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया पत्नी इन्द्रा पुरिएका छन् ।

छोरा २१ वर्षीय सुनिल भने भागेर जोगिएका छन् । पहिरो जाँदा जाँदै आफू भाग्न सफल भएको उनले बताएका छन् । बुबाआमा पनि निस्किन खोजेको यद्यपि, जोगिन नसकेको उनले प्रहरीसँग बताएका छन् ।

बेपत्ता बुबाआमाको खोजीमा ५ बजेदेखि प्रहरी परिचालित भएको विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?