Comments Add Comment

बेलायतको क्वारेन्टिनको नियम अन्यायपूर्ण – स्पेन

१३ साउन, काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नो मुलुकबाट गएका सबै मानिसले बेलायतमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम अन्यायपूर्ण भएको बताएका छन् । उनले स्पेनको अधिकांश क्षेत्रमा रहने पर्यटक सुरक्षित हुने भन्दै बेलायतले अहिले गरेको निर्णय सच्याउनुपर्ने बताएका छन् ।

सोमबार बेलायतको विदेश मन्त्रालयले कुनै आवश्यक काम परे मात्र स्पेन जान सुझाव दिएको थियो । बेलायतको विपक्षी लेबर पार्टीले पनि सरकारले गरेको अचानक गरेको यो निर्णयको आलोचना गरेको छ ।

बेलायतको सरकारले भने यो प्रतिबन्धमा परिवर्तन गर्ने कुनै योजना नरहेको बताएको छ । प्रधानमन्त्री बोरिस जोन्सनका आधिकारिक प्रवक्ताले महामारीको अवस्थामा कुनै किसिमको यात्रा पनि जोखिमरहित नहुने भन्दै चेतावनी दिएका छन् ।

स्पेनका प्रधानमन्त्री सन्चेजले भने अहिले यस विषयमा बेलायतसँग कुराकानी भइरहेको बताएका छन् । उनले एक टेलिभिजमा अन्तर्वार्ताको क्रममा बेलायत सरकारले आफ्नो निर्णय परिवर्तन गर्नसक्ने अपेक्षा गरेका छन् ।

उनले मुलुकको संक्रमण दर मापनमा पनि बेलायतले गल्ती गरेको बताएका छन् । उनका अनुसार ६४.५ प्रतिशत नयाँ संक्रमित केवल दुई क्षेत्रका छन् । बाँकी अन्य अधिकांश क्षेत्रमा कोरोना भाइरसका संक्रमितको वृद्धि बेलायतभन्दा पनि धेरै कम रहेको सान्चेजले बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment