+
+
Shares

कोरोना रिपोर्ट नेगिटिभ आएपछि डिस्चार्ज भए ऐश्वर्या र आराध्या

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १३ गते ११:४५

बलिउड नायिका ऐश्वर्या राय र उनकी छोरी आराध्याको कोरोना रिपोर्ट नेगिटिभ आएको छ । नायक अभिषेक बच्चनले ट्विट गर्दै ऐश्वर्या र आराध्याको रिपोर्ट नेगिटिभ आएको जानकारी ट्विटमार्फत दिएका छन् ।

अभिषेकले लेखेका छन्–‘सबैको आर्शिवादका लागि धन्यवाद । ऐश्वर्या र आराध्यको रिपोर्ट नेगिटिभ आएको छ । उनीहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । म र मेरो पिता मेडिकल स्टाफको निगरानीमा छौं ।’

४६ बर्षिया ऐश्वर्या र ८ बर्षकी आराध्याको जुलाई १२ मा रिपोर्ट पोजिटिभ आएको थियो । तर, लक्षण केही पनि नदेखिएपछि उनीहरु होम क्वारेन्टाइनमा बसेका थिए । तर, जुलाई १७ मा स्वास्थ्यमा समस्या आएपछि उनीहरुलाई नानावती अस्पतालमा भर्ना गरिएकबो थियो । उनीहरु, १० दिन अस्पतालमा रहेका थिए ।

७७ बर्षका अमिताभ बच्चन र ४४ बर्षका अभिषेक बच्चनमा पनि सामान्य लक्षण देखिएपछि जुलाई ११ मा अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?