+
+

डिभोर्स चर्चाबीच हाइप्रोफाइल पार्टीमा सँगै देखिए ऐश्वर्या र अभिषेक

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २१ गते १३:३८

काठमाडौं । ऐश्वर्या राय र अभिषेक बच्चन लामो समयदेखि डिभोर्सको हल्लाले चर्चामा छन् । चर्चाबीच उनीहरु एक हाइप्रोफाइल पार्टीमा एकसाथ देखिएका छन् । पार्टीका तस्वीर फिल्म निर्माता अनु रञ्जनले सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

उक्त पार्टीमा ऐश्वर्याकी आमा वृन्दा राय पनि थिइन् । ऐश्वर्या र अभिषेक लामो समयदेखि कार्यक्रम, पार्टी र सामाजिक जमघटमा सँगै देखिएका थिएनन् । रञ्जनले पार्टीको तस्वीर सेयर गर्दै लेखेका छन्, ‘धेरै माया ।’ तस्वीरमा ऐश्वर्याले सेल्फी खिचिरहेको देखिन्छ । अभिषेक र उनकी आमा वृन्दा पोज दिइरहेका छन् ।

पार्टीमा सचिन तेन्दुलकर, तुषार कपुर लगायत धेरै सेलिब्रेटी पनि थिए । ऐश्वर्या र अभिषेकले केही साताअघि आफ्नी छोरी आराध्याको १३ औं जन्मदिन सँगै मनाएका थिए । यसअघि फ्यानले अभिषेक छोरीको जन्मदिनको पार्टीमा नआएको अनुमान गरे पनि पछि पार्टी आयोजकले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेका थिए ।

ऐश्वर्याले २० नोभेम्बरमा छोरी आराध्याको १३ औं जन्मदिन सेलिब्रेसनका केही तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् । त्यसको एक दिनपछि अमिताभ बच्चनले आफ्नो ब्लगमा आफ्नो परिवार र व्यक्तिगत समस्या सेयर गरे । उनले लेखेका थिए, ‘परिवारको बारेमा बोल्नबाट जोगिन्छु तर कतिपयले आफ्नो फाइदाका लागि यस्ता विषयलाई दुरुपयोग गर्छन् ।’

अमिताभले पोस्टमा छोरा र बुहारीको नाम भने उल्लेख गरेनन् तर उनको पोस्टलाई सम्बन्धविच्छेदको मुद्दासँग जोडेर हेरिएको थियो । केही दिनअघि डिभोर्सको खबरका बीच अभिषेकले पनि ऐश्वर्याको प्रशंसा गरेका थिए । द हिन्दुसँगको कुराकानीमा छोरी आराध्यालाई हुर्काएकोमा धन्यवाद दिएका छन् ।

जुलाईमा अभिषेक परिवारसँग अनन्त–राधिकाको विवाहमा उपस्थित थिए । रेड कार्पेटमा परिवारका अन्य सदस्य उपस्थित भए पनि ऐश्वर्या र छोरी आराध्या त्यतिबेला उनीसँग थिएनन् । अभिषेक आएको केही समयपछि ऐश्वर्या छोरीसँग रेड कार्पेटमा पुगिन् र पापाराजीका लागि पोज दिइन् ।

दुवै जना बिहेमा अलग-अलग प्रवेश गरे । बिहेभर एकसाथ देखिएनन् । त्यसपछि ऐश्वर्या राय पनि छोरीसँग छुट्टी मनाउन गइन्, त्यतिबेला पनि अभिषेक उनीसँगै थिएनन् । त्यसयता उनीहरुको सम्बन्धविच्छेदको हल्ला चलिरहेको छ । गत साता दुबईमा आयोजित एक कार्यक्रममा ऐश्वर्याले आफ्नो थरबाट बच्चनलाई हटाएर राय मात्र राखिएको देखिएको थियो ।

अभिषेक र ऐश्वर्याको विवाह सन् २००७ मा भएको थियो । सन् २०११ मा छोरी आराध्याको जन्म भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?