+
+
Shares

गुगलका कर्मचारीले सन् २०२१ को जुनसम्म घरबाटै काम गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १३ गते १२:४४

१३ साउन, काठमाडौं । गुगलले सन् २०२१ को जुन महिनासम्म आफ्ना कर्मचारीहरुले घरबाटै काम गर्ने बताएको छ । यसअघि कम्पनीले सन् २०२० को अन्तिमबाट आफ्ना कर्मचारी कार्यालय फर्किन सुरु गर्ने बताएको थियो । यद्यपि गुगलका प्रमुख सुन्दर पिचाईले एक इमेलमार्फत कार्यालय आउन जरुरी नभएका कर्मचारीहरुले आगामी वर्षको मध्यसम्म नै घरबाट काम गर्न सक्ने बताएका हुन् ।

विश्वभर गुगलका दुई हजार कर्मचारी छन् । गुगलले गत मेमा जुनसम्म फरक फरक स्थानमा रहेका आफ्ना कार्यालयहरु खोल्न सुरु गरिने बताएको थियो । साथै कम्पनीले अधिकांश कर्मचारीले यस वर्षको अन्तिमसम्म घरबाटै काम गर्ने सम्भावना रहेको बताएको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?