
१३ साउन, काठमाडौं । दोलखामा घरमाथि रहेको भिरबाट खसेको ढुँगाले लागेर एक महिलाको मृत्यु भएको छ ।
दोलखाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक रेशम बोहराका अनुसार मंगलबार बिहान घरमाथि रहेको पाखाबाट खसेको ढुंगाले लागेर विगु गाउँपालकिा–४ सिंगटीका ३५ वर्षीया रेणु थामीको मृत्यु भएको हो ।
‘बिहान करिब ८ः४० को समयमा घरदेखि ५ सय मिटरमाथि पाखाबाट अचानक ढुँगा खसेको रहेछ,’ प्रहरी निरीक्षक बोहराले भने, ‘घरभित्र काम गरिरहेको समयमा भिरपाखाबाट खसेको ढुँगाले घरको जस्तापाता र गारो भत्किन गई च्यापिन पुग्दा थामी गम्भीर घाइते भएकी थिइन् ।’
घाइते थामीलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि न्युरो हस्पिटल काठमाडौं पठाउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बोहराले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4