+
+
Shares

कांग्रेस नेता पौडेल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १३ गते १५:४१

१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले भेट गरेकी छन् ।

पौडेलले नेपाल र चीनबीचको सुमधुर सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३ औं वर्ष गाँठको अवसरमा भेट भएको बताएका छन् ।

भेटमा बीपी कोइराला र माओत्से तुङका पालादेखिको नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धको विषयमा पनि चर्चा भएको पौडेलले फेसबुकमा उल्लेख गरेका छन् ।

त्यस क्रममा चीन सरकारले कोरोना महामारी नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई कोरोना नियन्त्रणका लागि यथेष्ट सहयोग गर्नेबारे चर्चा भएको पनि पौडेलले जानकारी दिएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?