Comments Add Comment
नेकपा स्थायी कमिटीको निष्कर्ष :

‘ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गर्नु अनुचित’

तस्वीर : प्रचण्डको सचिवालय

१३ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद नयाँ उत्कर्षमा पुगेको छ ।

अध्यक्ष एवं प्रधानमन्त्रीले केपी शर्मा ओलीले एक पक्षीय रुपमा बैठक स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमत सदस्यको बैठक राखे र,  उक्त बैठकले  एकपक्षीय रुपमा बैठक स्थगित गर्नु अनुचित भएको निष्कर्ष निकालेको छ ।

बाढी पहिरो जस्ता प्रकृतिक विपत्तिमा परेकाहरुको राहत र उद्धारमा जुट्ने निर्णय गर्दै ४ साउनमा बसेको नेकपा स्थायी कमिटीले अर्को बैठक १३ साउन, ११ बजेका लागि तोकेको थियो । बैठकका लागि नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगिसकेका थिए । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकारले स्थायी कमिटी बैठक स्थगित भएको सूचना सार्वजनिक गरे ।

बालुवाटार पुगेका प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले ओलीलाई भेटेका थिए । आफूहरुले बरु ३ बजे बैठक राखौं र, त्यहाँ आफ्ना कुरा भन्नुस् भनेको तर ओलीले त्यसलाई अस्वीकार गरेको प्रचण्डले नेताहरुलाई ब्रिफिङ गरेका छन् ।

बैठकमा नेताहरुले पनि बोलेका थिए । र, बहुमत स्थायी कमिटी सदस्यको बैठकले एकपक्षीय रुपमा बैठक स्थगित गर्नु अनुचित भएको निष्कर्ष निकालेको छ ।

जारी रहेको स्थायी कमिटी बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले विधि विपरित स्थगित भएको सूचना प्रसारित गर्नु उचित थिएन’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यस विषम परिस्थितिमा पार्टीको एकता र विधि र परम्परालाई ध्यानमा राखि अर्का अध्यक्ष कमरेड ओलीसँग छलफल गरी बैठक सुचारु गर्न पार्टी अध्यक्ष कमरेड प्रचण्डलाई जिम्मेवारी दिने निर्णय भएको छ ।’

२९ स्थायी कमिटी र दुई आमन्त्रित सदस्य उपस्थित बैठकले पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि पद्धतीसम्मत रुपमा अगाडि बढाउन र वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिनका निम्ति भूमिका खेल्न नेताहरुलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment