+
+
Shares

दार्चुलामा पहिरोमा पुरिएर दम्पतीको मृत्यु

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७७ साउन १३ गते १६:२२

१३ साउन कैलाली । दार्चुलामा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको छ ।

जिल्लाको दुहू गाउँपालिका ३ सलेखेतीमा पहिरोले घर पुरिदा स्थानीय ५० वर्षका रामदत्त जोशी र उनकी ४५ बर्षकी श्रीमती इन्द्रा जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सोमबार राति पहिरोले घर पुरेपछि उनीहरु बेपत्ता भएका थिए ।  पहिरो खस्नुअघि घरबाट निस्किएका उनका छोरा सुनील जोशी भने बाँच्न सफल भए ।

सुनिलले नै प्रहरीलाई पहिरोले घर पुरेको खबर गरेका थिए । प्रहरीले मंगलबार बिहानैदेखि बेपत्ता दुबै जनाको खोजी गरेको थियो ।

‘अहिले दुबै जनाको शव फेला परेको छ’ रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले भने ‘पहिरोले केहि चौपाया समेत मरे ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?