
१४ साउन, काठमाडौं । अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी–५ घर भइ बौद्ध बस्दै आएका हरिशंकर श्रेष्ठ छन् ।
विशेष सूचनाको आधारमा खिचापोखरीस्थित इम्पेरियल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र युनाइटेड टेक्नोलोजी प्रा.लि. रहेको भवनमा छापा मार्दा अवैध रुपमा भीओआईपी कलबाइपास गराउने गरिएको भेटिएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई ८ पोर्टको भीओआईपी उपकरणसहित पक्राउ गरेको डीआईजी सहकुल थापाले बताए । उनका अनुसार श्रेष्ठमाथि दूरसंचार ऐन, २०५३ अनुसार थप अनुसन्धान जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4