+
+
Shares

नेपाली सेनाले सशस्त्र प्रहरीलाई दियो ६ सय वटा राइफल

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १४ गते १२:२५

१४ साउन, काठमाडौं । नेपाली सेनाले ६ सय वटा इन्सास राइफल सशस्त्र प्रहरी बललाई दिएको छ ।

माओवादी सशस्त्र द्वन्द्वका वेला भारतबाट ल्याइएका हतियार सेनाले सशस्त्र प्रहरीलाई दिएको हो ।

नेपाली सेनाका तर्फबाट युद्धकार्य महानिर्देशक उपरथी राजेन्द्र कार्कीले सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेललाई ती हतियार हस्ताक्षरण गरेका छन् ।

क्षमता अभिवृद्धिका लागि सहयोग स्वरुप ती हतियार दिइएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले अनलाइनखबरलाई बताए । हाल सशस्त्र प्रहरीसँग ७.६२ एमएमको एसएलआर हतियार थियो ।

सेनासँग भएका हतियार सशस्त्र प्रहरीलाई दिने विषयमा १५ असारमा मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो ।

सशस्त्र प्रहरीले ती राइफल सीमामा खटिएका सुरक्षाकर्मीलाई दिनेछ । त्यसअघि हतियार मर्मतबारे नेपाली सेनाले १५ दिने तालिम पनि सशस्त्र प्रहरीलाई दिनेछ ।

नेपाली सेनाले अमेरिकाबाट १० हजार वटा अत्याधुनिक राइफल खरिद गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?