Comments Add Comment

‘साम्राज्ञीमा परिपक्वताको कमी छ, सुधार गर्नुपर्छ’: झरना थापा

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेको दोश्रो चलचित्र ‘ए मेरो हजुर २’ले राम्रो व्यापार गर्यो । यो चलचित्रबाट साम्राज्ञी स्टार भइन् । निर्देशक झरना थापाको डेब्यू चलचित्रमा काम गरेकी साम्राज्ञीले यसपछि भने आफूलाई चलचित्र बजारमा नयाँ तरिकाले उभ्याउने कोशिश गरिन् ।

झरनाले यसपछि ‘ए मेरो हजुर ३ र ४’ निर्माण गरिन्, तर साम्राज्ञीसँग उनको सहकार्य हुन सकेन । छायांकनदेखि नै देखिएको आन्तरिक मनमुटावका कारण झरना र साम्राज्ञीको सम्बन्ध अहिले सुमधुर छैन ।
चलचित्र रिलिजका क्रममा साम्राज्ञी र झरना अष्ट्रेलिया पनि पुगेका थिए । तर, उनीहरुले कामलाई निरन्तरता दिन भने सकेनन् ।

यो पनि पढ्नुहोस साम्राज्ञीको लाञ्छना, भुवन केसीको उत्तेजना !

लकडाउनको समयमा नायिका साम्राज्ञीले आफूले ३ वटा चलचित्रबाट राम्रो अनुभव नबटुलेको बताइन् । चलचित्रकर्मीदेखि दर्शकले ३ वटा चलचित्रको बिषयमा आ–आफ्नै अड्कल लगाए । अधिकांशले लगाएको अनुमान थियो, साम्राज्ञीले भूवन केसीको ‘ड्रिम्स’, झरना थापाको ‘ए मेरो हजुर २’ र रेनशा वान्तवा राइको ‘इन्टु मिन्टु लण्डनमा’माथि आक्रोश पोखेकी हुन् । तर, साम्राज्ञीले कुनै पनि चलचित्रकर्मी र चलचित्रको नाम उल्लेख गरिनन् ।

झरना र रेनशा यसमा मौन रहेपनि, नायक भूवन केसी भने वादविवादमै उत्रिए । अहिले यो मुद्दा अदालतसम्म पनि पुगेको छ ।

साम्राज्ञीको विवादमा मौन रहेकी नायिका झरना थापाले अनलाइनखबरसँग प्रतिक्रिया दिदै भनेकी छिन्–‘मेरो अनुभवमा उनी काममा निकै मिहिनेत गर्ने नायिका हुन् । उनी, जोखिम मोलेर पनि काम गर्न तयार हुन्छिन् । साम्राज्ञीमा धेरै संभावना छ । तर, उनमा परिपक्वताको कमी छ । यसलाई सुधार गर्नुपर्छ ।’

झरनाले ‘ए मेरो हजुर २’को छायांकनका क्रममा साम्राज्ञीसँग कुनै विवाद नभएको पनि प्रष्ट पारेकी छिन् । झरना भन्छिन्–‘उनले चलचित्रमा निकै राम्रो काम गरेकी थिइन् । मेरो उनीसँग कुनै गुनासो पनि छैन । उनले, केही कुराहरुमा चित्त दुखाएको मैले थाहा पाएँ । व्यवस्थापनका क्रममा केही कमजोरी भए पनि होलान् । भनेजस्तो खान र सुत्न सधै पाइदैन ।’

झरनाले साम्राज्ञीलाई मात्र फरक व्यवहार नभएको पनि प्रष्ट पारेकी छिन् । उनले, आफूहरु जस्तो व्यवसायिक ब्यानरबाट यस्तो व्यवहारको प्रश्न नआउने पनि बताइन् । साम्राज्ञीको चित्त नवुझेको भए तत्काल भनेको भए हुन्थ्यो भन्ने धारण झरनाले व्यक्त गरेकी छिन् ।

झरनाले, साम्राज्ञीसँगको पछिल्लो विवाद चर्काएर यसलाई ठूलो विवाद बनाउन आफूले नचाहेको पनि स्पष्ट पारेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment