Comments Add Comment

बाघ : एकदमै सुन्दर व्यक्तियुक्त बनेलु

बाघ अर्थात (पान्थेरा टाइग्रिस) बिरालो प्रजातिको सबैभन्दा ठूलो सदस्य हो । यो हल्का सुन्तले, सेतो र खैरो टाटेपाटे रङको हुन्छ । यो मांसहारी अर्थात शिकारी जनावर हो । मुख्यतय मृग, हरिणलगायत धेरै जंगली जनावरलाई बाघले आहारा बनाउँदछ । जिराफ, अर्ना, हात्तीजस्ता ठुलो जनावरलाई पनि बाघ समूहले आफ्नो शिकार बनाउँछ ।

बाघ सामान्यतया आफ्नो क्षेत्र फेरि–फेरि बसेको हुन्छ । यो एकान्तप्रेमी शिकारी हो । यसलाई घुमफिर र शिकार गर्नको लागि विस्तृत क्षेत्र आवश्यक पर्दछ ।

बाघिनीले मार्चदेखि जुन महिनासम्म गर्भधारणा गरेर करिब १६ हप्तामा डमरु जन्माउँछे । जन्मिदा डमरुको वजन ७८० ग्रामदेखि १६०० ग्रामसम्म हुन्छ । जन्मेको ६ देखि १४ दिनसम्ममा डमरुका आँखा खुल्छन् । ८ हप्तापछि डमरुले शिकार खान थाल्छन् ।

अग्लो घाँस भएको ठाउँ वा घना जंगलको बीचमा अति सुरक्षित ठाउँमा जन्मिने डमरु ५–६ महिनासम्म गुफा वा वरिपरिको क्षेत्रमा मात्र हिडडुल गर्दछन् । ६ महिनापछि क्षेत्र विस्तार गर्दै शिकार कला सिक्दछन् । डमरु लगभग २ बर्षसम्म बाघिनीको साथमा बस्छन् ।

निपेश ढाका

त्यसपछि स्वतन्त्र रुपमा हिँडे पनि पाँच बर्षको उमेरसम्म निरन्तर शारीरिक वृद्धि भइरहन्छ ।

बढ्दै गएको मानव जनसंख्या र त्यसले सीमित प्राकृतिक स्रोतहरुलाई परेको असरबाट मुख्यतया वनजंगल फडानीले धेरै वन्यजन्तुलाई असर गरेको छ । वनजंगल क्षेत्रलाई अतिक्रमण र आवादी बनाइएपछि बाघको पनि संख्या जोखिम तथा घट्दो क्रममा छ ।

जंगल नजिक मानव वस्ती, जंगलमा आवतजावत, वन विनाश, डढेलो, चोरी शिकार, तस्करीबाट बाघको संख्या गिरावटका प्रमुख कारणहरु हुन् । कतिपय वन आसपासका क्षेत्रमा मानिस र बाघबीच द्वन्द्व पैदा भइराखेको छ । प्राकृतिक बासस्थानको क्षति र अवैध शिकारको कारण बाघको संरक्षण प्रभावकारी हुन सकेको छैन ।

औसत २५ बर्ष आयु भएको बाघ प्रतिघण्टा ६० किलोमिटरको गतिमा दौडन र १० मिटरसम्म फड्कन सक्दछ । समूहमा शिकार गर्न मन पराउने बाघ लुकेर आकस्मिक रुपमा पनि जनावरको शिकार गर्दछ ।

बाघको छाला महङ्गोमा बिक्री हुने हुँदा तस्करहरुले बाघको अवैध शिकार गर्दछन् । त्यस्तै उमेर पुगेर, अरु बाघले बच्चा मारिदिएर, मानिसबाट विष प्रयोग भएर, बाघबीच लडाई हुँदा गहिरो चोटको कारण बाघको मृत्यु पनि हुने गर्दछ । अशक्त भएपछि शिकार गर्न नसकेर बाघ भोकभोकै पनि मर्दछन् ।

सुन्दा अचम्म लाग्छ, २० औं शताब्दीको शुरुदेखि नै, बाघको संख्यामा ९३ प्रतिशतले गिरावट आएको छ । भारतलगायत पश्चिमी र मध्य एशियाका तथा दक्षिण एशिया र चीनमा बाघ लोपोन्मुख अवस्थामा पुगिसकेका छन् । विश्वमा आज बाघलाई लोपोन्मुख जनावरको रुपमा रातो सुचीमा राखिएको छ ।

सन् २०१५ सम्म विश्वभर वयस्क बाघको संख्या ३०६२ र ३९४८ बीचमा भएको तथ्याङ्क सार्वजनिक भएको थियो । सन् २०१८ मा नेपालमा बाघको संख्या २३५ रहेको तथ्याङ्क छ । तीमध्ये बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, चितवन राष्ट्रिय निकुञ्जमा ९३, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा थिए । पछिल्लो केही बर्षयता नेपालमा बाघको संख्यामा वृद्धि हुँदै आएको छ ।

बाघलाई विशेष व्यक्तित्व र पहिचानयुक्त विश्वको सबभन्दा लोकप्रिय जनवारको रुपमा लिइन्छ । त्यसैले विभिन्न पौराणिक कथा, लोककथा, साहित्यदेखि नाटक, चलचित्र, झण्डा र खेलकुदसम्ममा यसलाई सजाइ राखिएको छ । बाघ भारत, बंगलादेश, मलेसिया र दक्षिण कोरियाको राष्ट्रिय जनावर हो ।

अन्तर्राष्ट्रिय टेलिभिजन च्यानल एनिमल प्लानेटमा सन् २००४ मा सबभन्दा मनपर्ने जनावरको मत लिइएको थियो । पचास हजार सहभागी भएको उक्त मत सर्वेक्षणमा २१ प्रतिशतले बाघ रोजेका थिए । त्यस्तै, नेपालमा आदिवासीहरुको बर्षको १२ वटा संकेतमध्ये एउटामा बाघ बर्ष छ । यो प्रचलन चीन, तिब्वतलगायत अन्य मुलुकमा पनि छ ।

हरेक बर्ष जुलाई २९ तारिखलाई अन्तर्राष्ट्रिय बाघ दिवसको रुपमा मनाइन्छ । २०१० देखि शुरु भएको यो अन्तर्राष्ट्रिय बाघ दिवसको उद्देश्य बाघको प्राकृतिक वासस्थान रक्षा र आम मानिसमा जनचेतना जगाउने साथै बाघ संरक्षणसम्बन्धी मुद्धाहरुको लागि ऐक्यवद्धता जनाउने प्रणालीको विकास गराउनु हो।

औसत २५ बर्ष आयु भएको बाघ प्रतिघण्टा ६० किलोमिटरको गतिमा दौडन र १० मिटरसम्म फड्कन सक्दछ । समूहमा शिकार गर्न मन पराउने बाघ लुकेर आकस्मिक रुपमा पनि जनावरको शिकार गर्दछ । आफ्नो शिकारमा ७४.५ मिलिमिटरसम्म दाँत गाड्न सक्ने बाघ रातको समयमा पनि सक्रिय हुन्छ ।

बाघहरु एकान्तमा हिँड्न र पौडी खेल्न मन पराउँछ । बाघको मूत्रको गन्ध, दिसा र खुट्टाको पञ्जाको छापको अध्ययन उसको क्षेत्र (टेरीटोरी) पत्ता लगाउने प्रभावकारी विधि हो । बाघले ३० देखि १००० वर्ग किलोमिटरसम्मको आफ्नो क्षेत्र बनाउँछ ।

वयस्क बाघको नाकदेखि पुच्छरको टुप्पोसम्म ३.३ मिटर हुन्छ । ३६० किलोग्रामसम्म तौल हुने बाघले २५० किलोग्राम भन्दा बढी तौलको शिकार बोक्न सक्दछ । एक वयस्क बाघले ४ देखि ७ दिनमा ३५ देखि ४५ किलोग्रामसम्म शिकार खान्छ । अर्थात् उसलाई दैनिक ५ देखि ११ किलोग्राम आहार आवश्यक पर्दछ । शिकारका लागि गरिएका २० प्रयासमा एक मात्र सफल हुने हुँदा बाघको अधिकांस समय आहाराको खोजीमा बित्दछ ।

वन पैदावर क्षेत्रमा हुने क्षति रोक्न बाघले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसले वन तथा घाँसे मैदानको अति चरण र क्षयीकरण हुन बाट बचाउँछ । पर्यटकलाई आकर्षण गर्ने हुँदा यसले विभिन्न संरक्षण क्षेत्र तथा चिडियाघरहरुमा आय आर्जन बढाउँदछ ।

बाघको संरक्षणसँगै वनजंगलमा मानिसको आवातजावत कम हुने हुँदा अन्य धेरै जीवजन्तु र वनस्पतिको पनि संरक्षण हुन्छ । यसले कार्बन भण्डारमा उचित भूमिका खेलेको हुन्छ । त्यसैले जलवायु परिवर्तन न्युनीकरणमा बाघले ठूलो भूमिका खेलेको मानिन्छ ।

यो सुन्दर प्राणीलाई किताबमा सीमित नगरी भोलिका पुस्तालाई देखाउन र प्रकृतिलाई निरन्तरता दिनको लागि संरक्षण अति आवश्यक भएको छ । पारिस्थितिकीय प्रणाली अर्थात इकोसिस्टममा महत्वपूर्ण भूमिका खेल्ने बाघको महत्व सबै मानव समुदायले बुझ्न र बुझाउन अति आवश्यक छ ।

(ढाका पर्यावरण संरक्षण अभियान्ता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment