+
+
Shares

हङकङमा अझै ठूलो संख्यामा फैलिन सक्छ कोरोना संक्रमण, सरकारले व्यक्त गर्‍यो चिन्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १४ गते १४:५८

१४ साउन, काठमाडौं । पछिल्लो केही दिनयता कोरोना भाइरस (कोभिड-१९) का संक्रमित बढ्दै गरेको अवस्थामा हङकङकी नेतृ क्यारी लामले हङकङको अस्पतालको प्रणालीमा यो महामारीले असर गर्न सक्ने बताएकी छिन् । उनले मानिसहरुलाई घरमा नै बस्न आग्रह गरेकी छिन् । साथै उनले ठूलो संख्यामा हङकङमा कोरोना भाइरस फैलिन सक्ने सम्भावना रहेको बताएकी छिन् ।

यसरी कोरोना भाइरसको संक्रमण फैलिँदा अस्पतालमा बिरामीका लागि स्थान नहुने र धेरै मानिसहरुको ज्यान जोखिममा पर्न सक्ने उनको लामको भनाइ छ । यसैबीच हङकङमा बुधबारदेखि लागू हुने गरी कोरोना भाइरस नियन्त्रणको लागि सामाजिक गतिविधिमा नयाँ प्रतिबन्ध लगाइएको छ ।

हङकङमा एक महिनाअघिसम्म दैनिक १० भन्दा पनि कम नयाँ संक्रमित देखिँदै आएका थिए । तर, अहिले भने यो संख्या एक सय नाघेको छ । कोरोना भाइरस सुरु हुँदा हङकङले चीनबाट आउने मानिसहरुमा प्रतिबन्ध लगाएको थियो ।

साथै ट्रयाकिङ र ट्रेसिङको काम पनि तीव्र गतिमा अघि बढाइएको थियो । जसको कारण सुरुमा हङकङमा लामो समयसम्म पनि कोरोना भाइरसका संक्रमित फेला परेका थिएनन् । तर, अहिले मानिसको दैनिकी सामान्य बनेसँगै कोरोना भाइरसको संक्रमण पनि बढ्न थालेको हो ।

स्रोत :बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?