Comments Add Comment

अनलाइन कक्षा र परीक्षा सञ्चालन गर्न मिल्ने नयाँ सफ्टवेयर

१४ साउन, काठमाडौं । काठमाडौंमा रहेको स्किम इन्टरनेशनल टेक्नोलोजीले अनलाइन कक्षा र परीक्षा सञ्चालन गर्न सकिने सफ्टवेयर विकास गरेको छ ।

लकडाउनमा कक्षा र परीक्षा सञ्चालन हुन नसकेको बेला शैक्षिक संस्थाका लागि सहयोगी माध्यम बनोस भनी सफ्टवेयर जडान गर्ने प्रविधि सञ्चालनमा ल्याइएको उक्त टेक्नोलोजीले जनाएको छ ।

विद्यालय व्यवस्थापन, अनलाइन कक्षा र परीक्षाका लागि यो सफ्टवेयर महत्वपूर्ण हुने दाबी टेक्नोलोजीको छ ।

टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अभिषेक शिवाकोटीका अनुसार निजी क्षेत्रबाट भएको यो प्रयासले केही हदसम्म हाल समस्या परेका विद्यार्थीलाई सहयोग पुग्ने दाबी गरे।

यो सेवा लिन चाहने सरकारी विद्यालय तथा तिनै तहका सरकारसँग साझेदारीमा कार्यक्रम सञ्चालनको प्रस्ताव गरिएको टेक्नोलोजीले जनाएको छ ।

सरकारी-निजी साझेदारी योजना अनुसार ५० प्रतिशत छुटमा यो सेवा विस्तारको योजना ल्याइएको शिवाकोटीले बताए । सेवा केही अवधिका लागि निजी शैक्षिक संस्थालाई पनि छुट दिएर देशभर विस्तार गर्ने योजना रहेको उनले बताए।

सफ्टवेयरमार्फत घरमै बसेर कक्षा र परीक्षा लिन मिल्ने छ भने विद्यार्थी तथा शिक्षकको हाजिरीसमेत लिन मिल्ने शिवाकोटीले बताए।

यसका साथै पाठ्यक्रम तयार पार्न, विद्यार्थी तथा शिक्षकको मूल्याङ्कन गर्न, भिडियो तथा अडियो सन्देशहरू पठाउन पनि सफ्टवेयर सहयोगी बन्ने उनले बताए।

टेक्नोलोजीका सञ्चालक अन्जन अधिकारीले २५० भन्दा बढी सुविधा सफ्टवेयरमा भएको दाबी गरे।

सफ्टवेयरमार्फत विद्यार्थी शुल्क, तलबलगायत अन्य हिसाब-किताब राख्न सकिने बताए । नियामक निकायलाई नियमन गर्न सजिलो हुने भएकाले यसमार्फत ४० भन्दा धेरै प्रकारका रिपोर्ट निकाल्न सकिने दाबी उनको छ ।

आगन्तुकहरूको फोटोसहितको विवरणसमेत सफ्टवेयरमार्फत राख्न सकिने उनले बताए ।

विद्यालय व्यवस्थापनमा सम्पूर्ण सूचना व्यवस्थापन, विद्यार्थी, अविभावक तथा शिक्षकका लागि छुट्टै लगइन गर्न मिल्ने उनले बताए। अनलाइन परीक्षा, गृहकार्य व्यवस्थापन, परिचय-पत्र, प्रवेश-पत्र तथा नतिजा कार्ड सिस्टमबाटै हेर्न सकिने र प्रिन्ट गर्न सकिने उनले बताए।

एसएमएस तथा इमेल सुविधा, म्यासेजिङ सिस्टम, विदालगायतको जानकारी सिस्टममै दिन सकिने सफ्टवेयर लामो समयसम्म नवीकरण गर्न नपर्ने अधिकारीको दाबी छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment