+
+
Shares

थप २१० जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १४ गते १६:२३

१३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । उनीहरुमध्ये ४९ जनाको मृत्यु भएको छ भने १४ हजार २१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसन सेन्टरबाट १४६ जना डिस्चार्ज भएका थिए ।

कहाँ कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै डोटीमा डोटी ५२ जना संक्रमित थपिएका छन् । यस्तै पर्साका ३४, स्याङजाका २६,
काठमाडौं र महोत्तरी १४/१४ जना, धनुषाका १२, मोरङ, कैलाली र कञ्चनपुर ८/८ जना तथा बाग्लुङ र धादिङका ७/७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सप्तरी, कपिलवस्तु, नवलपुर, म्याग्दी र बैतडीका २/२ जना तथा सुनसरी, भक्तपुर, सर्लाही रौतहट, तनहुँ र सुर्खेतका एकएक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?