+
+
Shares

मोरङमा करेन्ट लागेर एकजनाको मृत्यु  

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १४ गते १७:३१

१४ साउन, काठमाडौं । मोरङमा करेन्ट लागेर बुधबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका-११ बस्ने ३६ वर्षीय गोपाल कामत रहेका छन् ।

बुढीगंगा गाउँपालिका-३ बाँसबारी चोकस्थित गुप्ता होटल र मिष्ठान पसल अगाडि टेन्ट लगाउने क्रममा विद्युत प्राधिकरणको हाइटेन्सन लाइनमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?