Comments Add Comment

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जोशी

१४ साउन, हेटौंडा । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा. डा. विश्वराज जोशी (बीआर जोशी ) लाई नियुक्त गरेको छ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले जोशीलाई ४ बर्षका लागि प्रदेशले स्थापना गरेको प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि वीर अस्पतालमा नेसनल एकेडेमी अफ मेडिकल साइन्सको रजिस्ट्रार, वीर अस्पतालमा युरोलोजी विभागका प्रमुख रहेका जोशीले सन् १९७४ मा एमडी र १९८३ मा डाक्टर उपाधी हासिल गरेका थिए ।

उपकुलपति नियुक्तिसंगै प्रतिष्ठान सञ्चालनका काम अगाडि बढ्ने सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए ।

यसैगरी मन्त्रिपरिषद बैठकले प्रदेश बालअधिकार समितिलाई पूर्णता दिएको छ । मुख्यमन्त्रीको अध्यक्षतामा रहने समितिमा झविन्द्र ज्ञवाली, शान्ता बराल, शान्ति श्रेष्ठ, मीना थापा र लक्ष्मी ढकाललाई मनोनित गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

समितिमा मनोनित भएका सबैको कार्यकाल ४ बर्षको हुनेछ । बैठकले प्रदेश युवा परिषद नियमावली २०७७ स्वीकृत गर्ने र वैदेशिक सहयोग प्राप्ति र कर छुटका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ढुङ्गेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment