Comments Add Comment

अभिषेकलाई भिजनको साथ

१५ साउन, काठमाडौं । राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाललाई भिजन कन्सर्न प्रालिले प्रायोजन गरेको छ ।

बुधबार एक कार्यक्रमका बीच भिजन कन्सर्नले युवा खेलाडी अभिषेकलाई एक वर्षको लागि सम्झौता गरेको हो । लाजिम्पाट र बौद्धमा रहेको भिजन कन्सर्नले नेत्र परीक्षण र चस्मा बिक्री वितरण गर्दै आइरहेको छ ।

सम्झौता पत्रमा अभिषेक र भिजन कन्सर्नका सञ्चालक कृष्ण पोखरेलले हस्ताक्षर गरे । सम्झौताअनुसार भिजन कन्सर्नले एक वर्षका लागि अभिषेकको नेत्र (आँखा) परीक्षण गर्नेछ । यस्तै आवश्यक्ता अनुसार नेत्रका साधन उपलब्ध गराउने छ । रकम भने खुलाइएको छैन ।

लिग च्याम्पियन मछिन्द्र क्लबमा आबद्ध अभिषेकले भिजन कन्सर्नसँग जोडिदा निकै खुसी रहेको र आफूलाई यसले झनै प्रोत्साहन मिल्ने बताए । ‘चस्मा सम्बन्धी कम्पनीसँग जोडिन पाउँदा निकै खुसी छु । यसले आगामी दिनमा झनै प्रोत्साहन गर्नेछ,’ एन्फा एकेडेमीबाट उत्पादित अभिषेकले भने ।

सम्झौतालगत्तै भिजन कन्सर्नले अभिषेकको पूर्ण नेत्र जाँच गरेको थियो ।

अभिषेकले गत साल मलेसिया भ्रमणमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । दोस्रो खेलमै चायनिज ताइपेविरुद्ध गोल गर्दै रिजालले राष्ट्रिय टिममा आफूलाई स्थापित गरेका छन् ।

अभिषेक एसियाली फुटबल महासंघ (एएफसी)ले आयोजना गर्ने क्लब स्तरीय एएफसी कपमा गोल गर्ने पहिलो नेपाली खेलाडीसमेत हुन् । उनले कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङ मर्स्याङ्दीबाट भारतको मिनेर्वा पञ्जाव (हाल पञ्जाब एफसी) विरुद्ध गोल गरेका थिए ।

भिजन कन्सर्नका सञ्चालक कृष्ण पोखरेलले राष्ट्रिय खेलाडी अभिषेकसँग जोडिन पाउँदा आफूहरु निकै गौरवान्वित भएको र दुवैको सहकार्यमा आगामी दिनमा अगाडि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment