+
+
Shares

काठमाडौंका युवक लागूऔषधसहित सर्लाहीमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १५ गते १२:३४

१५ साउन, जनकपुरधाम । सर्लाही प्रहरीले लालबन्दी नगरपालिकाबाट एक युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको टोखा घर भई काठमाडौंको जोरपाटी नगरपालिका १ बस्दै आएका १९ वर्षीय सुनिल सन्थाली छन् । सन्थालीको साथबाट १९६ थान नाइट्रोभेट ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।

लालबन्दी नगरपालिका १ बागबानी नजिक पैदल हिंडिरहेका उनीमाथि शंका लागी चेक गर्दा उनको साथमा रहेको लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?