Comments Add Comment

पौराणिक कालको सबैभन्दा घातक हतियार ब्रम्हास्त्रको रहस्य

पौराणिक कालमा पाँच सबैभन्दा महाप्रलयकारी अस्त्र थियो । पहिलो ब्रम्हास्त्र, दोस्रो नाराणास्त्र, तेस्रो पाशुपतास्त्र, चौथो वज्रा र पाँचौ सुदर्शन चक्र । अतः यहाँ ब्रम्हास्त्रको बारेमा केही रोचक प्रसंग उल्लेख गरिएको छ ।

तदस्त्रं प्रजज्वाल महाज्वालं तेजोमंडल संवृतम ।

सशब्द्म्भवम व्योम ज्वालामालाकुलं भृशम ।

चचाल च मही कृत्स्ना सपर्वतवनद्रुमा ।।। महाभारत ।। ८–१०–१४ ।।

अर्थात : ब्रम्हास्त्र छाडेपछि भयांकर वायु उठ्न थाल्यो । सहस्रावधि उल्का आकासबाट झर्न थाल्यो । भूत मात्रको भयंकर महाभय उत्पन्न भयो । आकाशमा ठूलो आवाज विस्फोट भयो । आकास जल्न थाल्यो । पर्वत, वृक्षका साथ पृथ्वीमा नै कम्पन पैदा भयो ।

कसले बनायो ब्रम्हास्त्र

वेद–पुराण आदिमा वर्णन भए अनुसार जगतपिता भगवान बूम्हाले दैत्यको नास गर्ने हेतुले बूम्हास्त्रको निर्माण गरेका थिए । ब्रम्हास्त्रको अर्थ हुन्छ ब्रम्हाको अस्त्र ।

मान्छेले पाए अस्त्र

प्रारम्भमा ब्रम्हास्त्र देवी देवतासँग हुन्थ्यो । प्रत्येक देवी देवतासँग उनीहरुको विशेषता अनुसार अस्त्र हुन्थ्यो । देवताले सबैभन्दा पहिला गन्र्धवलाई यस्तो अस्त्र दिए । पछि उक्त अस्त्र मान्छेले प्राप्त गरे ।

कति पटक भयो ब्रम्हास्त्रको प्रयोग ?

पौराणिक कथामा बेलाबखत ब्रम्हास्त्र प्रयोग भएको पाइन्छ । रामायणमा मेघनादसँग युद्ध गर्ने हेतुले लक्ष्मणले जब ब्रम्हास्त्रको प्रयोग गर्न चाहे, तब श्रीरामले उनलाई प्रयोग गर्न दिएनन् । उक्त अस्त्र प्रयोग गरिएको अवस्थामा सम्पूर्ण लंका नै नष्ट हुने थियो । यद्यपि पछि राम र रावणवीचको युद्धमा ब्रम्हास्त्रको प्रयोग भएको पाइन्छ । यसपछि महाभारत युद्धमा अश्वत्थामाले ब्रम्हास्त्रको प्रयोग गरेका थिए ।

को–कोसँग थियो यो अस्त्र ?

रामायण र महाभारत कालमा यो अस्त्र गन्यमान्ने योद्धासँग थियो । रामायणकालमा जहाँ विभिषण र लक्ष्मणसँग यो अस्त्र थियो त्यसैगरी महाभारतकालमा यो द्रोणचार्य, अश्वत्थामा, कृष्ण, कुवलाश्व, युधिष्ठिर, कर्ण, प्रद्युम्न र अर्जुनसँग  थियो । अर्जुनले यो अस्त्र द्रोणबाट पाएका थिए ।

ब्रम्हास्त्रले प्रलय उत्पन्न भएको थियो

ब्रम्हास्त्र केही पटक प्रयोग गरिएको थियो । के मानिन्छ भने, दुई ब्रम्हास्त्र आपसमा ठोक्किदा प्रलय उत्पन्न हुन्थ्यो । यसले समस्त पृथ्वीकै समाप्त हुने भय रहन्थ्यो । महाभारतमा सौप्तिक पर्वको अध्याय १३ देखि १५ सम्म ब्रम्हास्त्रको परिणाम भनिएको छ ।

ब्रम्हास्त्रको परिणाम

महर्षि वेदव्यासले लेखेका छन् कि, जहाँ ब्रम्हास्त्र छाडिएको थियो त्यहाँ १२ बर्षसम्म पर्जन्य वृष्टि अर्थात जीवजन्तु, रुख विरुवा उत्पति हुँदैनथ्यो । महाभारतमा उल्लेख भए अनुसार ब्रम्हास्त्रको कारण गाउँमा बस्ने स्त्रीको गर्भ तुहिएको थियो ।

के यो परमाणु बम जस्तो थियो ?

के अनुमान गरिन्छ भने महाभारतमा जुन ब्रम्हास्त्र प्रयोग गरिएको थियो, त्यो परमाणु बम समान थियो । डा.  पद्यामकर विष्णु वर्तकले एक पुस्तक लेखेका छन् ‘स्वयम्भू’, जसमा बूम्हास्त्रको संहारक क्षमतामाथि शोध गरिएको छ ।

के सिन्धु सभ्यता ब्रम्हास्त्रबाट नष्ट भएको थियो ?

सिन्धु घाटी सभ्यता (मोहन जोदडो, हडप्पा आदि)मा भएको अनुसन्धानमा यस्तो नगर मिल्यो, जुन लगभग ५००० देखि ७००० इसापूर्वमा अस्तित्वमा थियो । यस नगरमा प्राप्त नरकंकालको स्थितिबाट के भेउ पाउन सकिन्छ भने कुनै आकस्मात प्रहारबाट उनीहरुको मृत्यु भएको थियो । कुनै समय यहाँ भयंकर उष्मा उत्पन्न भएको प्रमाण पनि मिलेको छ । उक्त नरकंकालको अध्ययनबाट के पनि थहा हुन्छ भने, उनीहरुमा रेडिएशनको असर पनि थियो ।

वेबदुनियाँबाट  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment