Comments Add Comment

पाकिस्तानमा घट्दो क्रममा कोरोना संक्रमण

१५ साउन, काठमाडौं । पाकिस्तानमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण घट्दो क्रममा देखिएको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार पाकिस्तानमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या अहिले २५ हजार २५३ मा आइपुगेको छ । सक्रिय संक्रमितको यो संख्या पाकिस्तानको लागि गत मे १२ यताकै सबैभन्दा कम हो । पछिल्लो २४ घण्टामा पाकिस्तानमा कोरोना भाइरसका एक हजार ११४ नयाँ संक्रमित थपिएका छन् । यससँगै समग्र संक्रमितको संख्या पनि दुई लाख ७७ हजार ४०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ३६ जनाको मृत्यु भएको छ । यससँगै पाकिस्तानमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ६ हजार १८ पुगेको छ ।

पाकिस्तानमा कोरोना भाइरसको संक्रमण घट्दो क्रममा देखिए पनि पछिल्लो समय देखिएको राजनीतिक विवाद र साताको अन्तिममा हुन गइरहेको मुसलमानहरुको चाड इद उल अदाको कारण पुनः कोरोना संक्रमण बढ्न सक्ने आशंका गरिएको छ । दुई महिनाअघि पनि इद उल फित्रको कारण पाकिस्तानमा कोरोना संक्रमित बढेका थिए ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment