+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जलेश्वर नगरपालिका बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १५ गते १९:२८

१५ साउन, काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिका बिहीबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

नगरपालिकामा कार्यरत एकजना २५ वर्षीया महिला कर्मचारीमा संक्रमण देखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि नगरपालिकाको कार्यालय बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले जानकारी दिए ।

‘२/३ दिन अघिदेखि उहाँलाई ज्वरो आएको रहेछ । त्यसपछि स्वाब संकलन गरी परीक्षण गर्दा बिहीबार बिहान संक्रमण पुष्टि भएको जानकारी उहाँले हामीलाई गराउनु भयो,’ कडरियाले भने, ‘त्यसैले जोखिमलाई मध्यनजर राखेर कार्यालयको अतिआवश्यकीय काम बाहेक सबै बन्द गर्ने निर्णय नगरपालिकाले गरेकाे हो ।’

कोरोना संक्रमणको उच्च जोखिम रहेका कारण नगरवासीलाई सतर्कता अपनाएर सहयोग गर्न समेत नगरपालिकाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?