+
+
Shares

मिल्यो सनराइज बैंकको विवाद, सीईओमा पौड्याललाई निरन्तरता

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १५ गते २१:३३

१५ साउन, काठमाडौं । सनराइज बैंकमा देखिएको विवाद तत्कालका लागि समाधान भएको छ । बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकमा विवादित दुबै पक्षले आत्मालोचना गरेर विवाद समाधान भएको बैंक सञ्चालक समिति श्रोतले जानकारी दिएको छ ।

बैंकको विवाद उत्कर्षमा पुग्दा केही सञ्चालकहरुले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)  जनक शर्मा पौड्याललाई हटाउनुपर्ने माग गरेका थिए । पौड्याललाई स्पष्टीकरण समेत सोधिएको थियो ।

सोही विषयमा छलफल गर्न बिहीबार अध्यक्ष मोतिलाल दुगडले सञ्चालक समिति बैठक बोलाएका थिए । ‘साँझ मात्रै बैठक सम्पन्न भयो, ठूलो विवाद कुनै भएन’ बैंक श्रोतले भन्यो, ‘कहिलेकाँही विवाद त भइहाल्छ, तर परफरमेन्सका आधारमा पनि उहाँलाई नै निरन्तरता दिने भनेर निर्णय गरिएको छ ।’

बैंकको विवाद सतहमा आएपछि नेपाल राष्ट्र बैंकले बोलाएर सञ्चालकहरुलाई अनावश्यक विवाद नगर्न भनेको थियो । राष्ट्र बैंकको दवाव पछि पनि बैंकको समस्या चाँडै समाधान भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?