
१६ साउन, विराटनगर । कोशी राजमार्गअन्तर्गत विराटनगर–इटहरी सडकखण्डमा राखिएको डिभाइडरमा बस ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ६९५२ नम्बरको सिमोन यातायातको बस बिहीबार राति ८ः३० बजेतिर आरती स्ट्रिप्स फ्याक्ट्री अगाडि डिभाइडरमा ठोक्किँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले जानकारी दिए । मृतकको पहिचान खुलेको छैन ।
दुर्घटनामा घाइते भएका २५ वर्षीय रामकुमार राई, २८ वर्षीय कल्पना राई र ३५ वर्षीय मुना राईको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको हो । तीनै जना भोजपुरको रामप्रसाद राई गाउँपालिकाका बासिन्दा रहेको खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4