Comments Add Comment

बाजुरामा पहिरोमा बेपत्ता युवकको शव तीन दिनपछि भेटियो

१६ साउन, कैलाली । बाजुरामा पहिरोमा बेपत्ता भएका एकजनाको तीन दिनपछि शव फेला परेको छ ।

बाजुराको बुढीगंगा नगरपालिका अम्कोटमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका स्थानीय २२ वर्षीय धर्मराज पाध्याको शव शुक्रबार बिहान फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिए ।

साँफे मार्तडी सडक खण्डमा पर्ने अम्कोटमा पहिरोमा पुरिएर उनी बुधबारदेखि बेपत्ता भएका थिए । पहिरोमा बेपत्ता भएदेखि नै पाध्यायको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी गरिरहेका थिए ।

सोही पहिरोमा परी स्थानीय हरेन्द्र पाध्याय र ज्ञानराज पाध्याय घाइते भएका थिए । उनीहरु दुवै जना निको भएर घर फर्किसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment