+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना बिमा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १६ गते १३:०९

१६ साउन, चितवन । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको कोरोना बिमा गरिएको छ ।

अस्पताल सञ्चालक समितिको बैंठकले हरेक स्वास्थ्यकर्मी तथा कामदार कर्मचारीहरुले जनही एक लाख रुपैयाँ पाउने गरी कोरोना बिमा गर्ने निर्णय गरेको अस्पतालका उपकार्यकारी निर्देशक डा. कृष्णसागर शर्माले जानकारी दिए ।

अस्पतालले ६८६ जनाको प्रिमियर बिमा कम्पनीमा पठाएको छ । बिमा प्रिमियम पठाएको १५ दिनपछि कुनै स्वास्थ्यकर्मी वा कर्मचारीलाई कोरोना संक्रमण भएमा उसले एकलाख रुपैयाँ पाउनेछ ।

भरतपुर क्यान्सर अस्पताल कोरोनाको निकै जोखिममा रहेकोले स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको कोरोना बिमा गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले जानकारी दिए । अस्पतालमा हाल दैनिक ४५० जना भन्दा बढी बिरामी आउने गरेका छन् ।

‘क्यान्सर लागेका बिरामीले देशका विभिन्न जिल्लाबाट आउँछन्, कुनै ठाउँ वा जिल्ला कोरोनाको हट स्पट पनि बनेका छन्, बिरामी नल्याउने भन्ने कुरा भएन, ल्याउँदा कोरोना संक्रमण फैलिने डर पनि छ’ कार्यकारी निर्देशक डा. गौतमले भने ।

उनले ठूला अप्रेशन गर्नुपर्ने, ब्लड क्यान्सर भएका बिरामीलाई ज्वरो तथा कोरोनासम्बन्धी अन्य लक्षण देखिएका बिरामी तथा ट्राभल हिस्टी भएका बिरामीहरुको अनिवार्य कोरोना परीक्षणको व्यवस्था मिलाइएको बताए ।

‘सकभर त सतर्कता र सावधानी अपनाएका छौं, तर यति हुँदा हुँदै पनि संक्रमण नहोला भन्ने अवस्था रहेन, त्यसैले बिमाको पोलिसी पनि अघि ल्याएका हौं’ डा. गौतमले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?