Comments Add Comment

प्रदेशमा अस्पताल विस्तार गर्न महांकालमा व्यापारिक कम्प्लेक्स : नेपाली सेना

१६ साउन, काठमाडौं । नेपाली सेनाले ऐतिहासिक त्रि–चन्द्र मिलिटरी हस्पिटल भत्काएर बनाइएको नयाँ भवनलाई व्यापारिक प्रयोजनमा प्रयोग गर्न लागेको स्वीकार गरेको छ । तर, यो सैनिक कल्याणकारी कोषको हिताधिकारीकै चाहना बमोजिम भएको सैनिक अधिकृतहरुको दाबी छ ।

सैनिक कल्याकारी योजना निर्देशनालयका सहायक रथी सागरबहादुर केसीले शुक्रबार जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमा हिताधिकारीको चाहना र महांकालमा बढ्दो सञ्चालन खर्चलाई मध्यनजर गरेर कम्प्लेक्सलाई व्यापारिक प्रायोजनमा प्रयोग गरिएको बताएका हुन् ।

उनका अनुसार भूतपूर्व सैनिक सम्मेलनमा पूर्वसैनिक अधिकारीहरुले अस्पताल केन्द्रमा भएको भन्दै गुनासो गर्ने गरेका थिए । त्यसैले प्रादेशिक स्तरमा विस्तार गर्दै ल्याउने नीति अनुरुप महांकालको भवन व्यापारिक प्रयोजनमा प्रयोग गरिएको उनले बताए ।

‘अब त्यहाँबाट आर्जन हुने रकमले देशभर स्वास्थ्य सेवा विस्तार गरिन्छ, यसमा अन्य केही उद्देश्य छैन’, उनले भने । साथै, उनले कोष अन्तर्गत एक अर्ब रुपैयाँ स्वास्थ्य क्षेत्रमा लगानी गरिएको पनि उनले बताए ।

२०७४ सालमा नयाँ संरचना बनाइएको यो भवन ३ लाख १५ हजार वर्गफिट क्षेत्रमा फैलिएको छ ।

यो पनि पढ्नुहोस सेनाले जोखिममा रहेको ८० करोड उठायो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment