Comments Add Comment

हत्या आरोपमा काभ्रेमा दुईजना पक्राउ

१६ साउन, काठमाडौं । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले काभ्रेमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल-११ का २१ वर्षीय सञ्जिव मैनाली र २३ वर्षीयरुपेन्द्रमान लामा छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक -एसपी) रविकुमार पौडेलका अनुसार बिहीबार पाँचखाल-१० मा भेटिएको धुलिखेल-११, कैदीटोलीका ५४ वर्षीय कामिसिङ तामाङको शवको विषयमा अनुसन्धान गर्ने क्रममा दुईजनाको संलगनता खुलेको हो ।

‘घटनास्थलमा फरेन्सिकविज्ञ र कुकुरसहितको टोली परिचालित गरिएको थियो,’ एसपी पौडेलले भने, ‘त्यसक्रममा तामाङको अनुहारसमेत नचिनिने गरी चोटपटक लागेको अवस्थामा शव भेटिएकाले त्यतिबेलै हत्या आशंका गरेका थियौं ।’

अनुसन्धानमा क्रममा मैली र लामासमेतको संलग्नतामा तामाङको हत्या भएको पाइएको पौडेलले बताए । उनका अनुसार मैनालीले आˆनो पेटीले तामाङको घाटीमा बाँधेर केहीपरसम्म घिसारेर दुवै जनाले ढुंगाले हानेका थिए ।

त्यसक्रममा मृत्यु भएपछि शव फालेर उनीहरु भागेको पाइएको छ । काभ्रेका डीएसपी कुमारविक्रम थापाका अनुसार पक्राउ परेका दुवै जनामाथि ज्यान सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment