Comments Add Comment

कोरोनाका कारण हङकङको संसदीय निर्वाचन स्थगित

१६ साउन, काठमाडौं । हङकङको आगामी सेप्टेम्बरमा हुन गइरहेको संसदीय परिषद्को निर्वाचन एक वर्षका लागि स्थगित भएको छ । हङकङकी प्रमुख क्यारी लामले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रममा रहेको भन्दै आपतकालीन कानुनको प्रयोग गर्दै एक वर्षका लागि निर्वाचन स्थगित गर्ने निर्णय गरेकी हुन् ।

शुक्रबार हङकङ प्रमुख लामले मानिसहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै निर्वाचन सेक्टेम्बर २०२१ सम्मको लागि स्थगित गर्ने निर्णय गरिएको बताएकी हुन् । विपक्षी पार्टीले भने लामले महामारीलाई हतियार बनाउँदै नागरिकको मतदानको अधिकार खोसेको आरोप लगाएका छन् । बिहीबार मात्र हङकङको सरकारले १२ प्रजातन्त्रको पक्षधर उम्मेदवारलाई निर्वाचनमा भाग लिनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

चीनले हङकङका लागि ल्याएको राष्ट्रिय सुरक्षा कानुनको कारण आगामी सेप्टेम्बरमा हुने निर्वाचनमा आफूहरुको जित हुने विपक्षीहरुले दाबी गर्दै आएका छन् । गत वर्ष भएको जिल्ला परिषद्को निर्वाचनमा पनि विपक्षीहरुले महत्वपूर्ण जित हासिल गरेका थिए ।

पछिल्लो केही दिनयता हङकङमा उल्लेख्य संख्यामा कोरोना भाइरसका संक्रमित बढिरहेका छन् । शुक्रबार मात्र हङकङमा कोरोना भाइरसका १२५ नयाँ संक्रमित फेला परेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment