Comments Add Comment

सरला गौतमको ‘डुमेरो’ सार्वजनिक

काठमाडौं । सरला गौतमको उपन्यास ‘डुमेरो’ सार्वजनिक भएको छ । यो उपन्यासले सानो सहरमा हुर्किएकी एउटी किशोरीले ठूलो संसारमा प्रवेश गर्दैगर्दा पहिचान खोज्दाको कथानकलाई अंगालेको छ ।

आफूलाई सामाजिक सरोकारमा मुखरित हुने आलोचनात्मक टिप्पणीकारका रुपमा स्थापित गौतमको पुस्तकको शीर्षक‘डुमेरो’ आफैंमा नौलो शब्द छ ।

कुनै गन्तब्य विहीन यात्रामा निस्किएको घुमन्ते अन्वेषकको अर्थ राख्ने यो शब्दले एकैसाथ अनेक प्रतीकात्मक अर्थ बोक्छ । ‘यो शब्द सुन्नमा दयालु त छँदै छ,’ सरला गौतम भन्छिन्, ‘तर यसका साथै यसको अर्थ पनि गहन छ । महिलाको पहिचानलाई घरेलुपनले सधैँ बन्धनमा पारेको हुन्छ । तर अब हामी इतिहासको मध्य मोडमा उभिएका छौं; जहाँ पुरुष र महिला लिंगको आधारमा मात्र परिभाषित हुने बेला छैन । अबको पुस्ताले अघिल्ला पुस्ताजस्तो किटान गरेर आफ्नो गन्तब्य तय गर्न सक्तैन । हाम्रा चुनौती अमूर्त छन्, संघर्ष नौला छन् । यस्तै चुनौती र संघर्षमा जेलिएको एक आम पात्रको कथा हो डुमेरो ।’

पुस्तकको शैलीको बारेमा बोल्दै नेपालयकी भूषिता वशिष्ठ भन्छिन्, ‘गौतमले वकालत गर्ने भाषाको अराज्नैतिकरणको धारणा उनको पुस्तकमा पनि देखिएको छ । उनले पात्रहरूका सशक्तिकरण, पहिचान र बद्लिदा सम्बन्धहरूका गुत्थालाई क्लिष्ट वा प्राविधिक पदावली नराखी सरल र चलनचल्तीको भाषामा उधिन्छिन् । गौतमको शैली निडर, बेलगाम र समसामयिक छ । यो पुस्तकले नेपालयको आख्यान प्रकाशनमा विविधता अंगाल्ने प्रतिबद्धतालाई पनि उजागर गरेको छ ।’

महामारीको लगत्तै बजारमा आएको किताबले अरुबेलाकै झैँ प्रकाशन जगतलाई सन्तुष्ट पार्ने पुस्तकको प्रकाशक नेपालयकी सैजन मास्के बताउँछिन् । नेपाली बजारको लागि ‘डुमेरो’ को मूल्य ४९५ रुपैयाँ निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment