Comments Add Comment

सभामुख सापकोटा, उनको सचिवालय र सुरक्षा टोलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

सभामुख अग्निप्रसाद सापकोटाको स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी । फाइल फोटो

१८ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा, उनको सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

सभामुख सापकोटाको स्कर्टिङमा प्रयोग हुने एउटा सवारी साधनको चालकमा कोरोना पोजेटिभ देखिएपछि सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीहरुको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

शनिबार राति अबेर प्राप्त रिपोर्ट सबैको नेगेटिभ रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिएको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख अग्नि सापकोटाको अगुवा गाडी चालक एक प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । प्रहरी हेडक्वार्टरमा ठूलो संख्यामा सुरक्षाकर्मीमा संक्रमण देखिएपछि उनको पनि परीक्षण गरिएको थियो । प्रहरी स्रोतका अनुसार उनी प्रहरी हेडक्वार्टरमा बस्थे र, ६ गतेसम्म सभामुखको अगुवा गाडी चलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment