
१८ साउन, हेटौंडा । भीमफेदी कारागारबाट फरार कैदीलाई मकवानपुर प्रहरीले ९ महिनापछि पक्राउ गरेको छ । कारागारबाट ०७६ कात्तिक ३० गते फरार भएका कैदीलाई प्रहरीले पूर्वी नवलपरासीको रजहर पुल नजिकैबाट पक्राउ गरेको हो ।
०७१ सालमा चितवनका रोजिन गुरुङको हत्यामा संलग्न रहेको ठहर गर्दै जन्मकैद सजाय तोकिएका सुनसरीका कुलदीपराज धामीलाई पक्राउ गरेको हो । कञ्चनपुरबाट चितवनतर्फ आउँदै गर्दा रजहरबाट उनलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले बताए ।
पक्राउ परेका धामीलाई सजाय भुक्तानको लागि भीमफेदी कारागार पठाइने उनले बताए । कैदजीवन बाँकी नै रहँदा फरार भएका उलले पक्राउ परेपछि बाँकी कैदको डेढ गुणा बढी सजाय भोग्नुपर्ने प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । झण्डै ९ महिनापछि पक्राउ परेका धामीलाई पत्रकार सम्मेलन गर्दै प्रहरीले सार्वजनिक गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4