Comments Add Comment

किन निर्माताले समयमा पैसा पाउँदैनन् ?

निर्माता रोहित अधिकारीले आफूले २ करोड हारहारीको रकम वितरकबाट चलचित्र रिलिज भएको १ बर्ष हुँदासम्म पनि नपाएको भन्दै गुनासो गरे । एफडी कम्पनी र काठमाण्डौ भित्रका केही हलबाट निर्माताले रकम नपाएपछि यसले सामाजिक संजाल र मिडिया तताइरहेको छ ।

चलचित्र चलेको १० महिना वितिसक्दा पनि निर्माताले आफ्नो शेयर रकम नपाउनु आफैमा दुखको कुरा हो । वितरक कम्पनी एफडीले रकम दिन बाँकी रहेको स्विकार गर्दै कोभिडका कारण यस्तो समस्या उत्पन्न भएको जवाफ दिएको थियो ।

सामाजिक संजाल हेर्ने हो भने, निर्माता रोहित अधिकारी र हल संचालक गोपालकाजी कायस्थविच पनि वाकयुद्ध चर्किरहेको छ । गोपालले ७० हजार रुपैयाँ दिन बाँकी रहेको रोहितले बताइरहँदा गोपालकाजीले भने एक रुपैयाँ पनि दिन बाँकी नरहेको उल्लेख गरेका छन् ।

उसो त, नेपाली चलचित्रका निर्माताले शेयर रकम समयमा नपाएको यो पहिलो घटना होइन । प्राय हरेक चलचित्रका निर्माता यो समस्याबाट आजित छन् । तर, पनि नगद कारोबार हुने चलचित्रबाट उनीहरुले समयमा पैसा पाएका छैनन् ।

चलचित्र ‘ए मेरो हजुर ३’ले बक्स अफिसमा बम्पर व्यापार गर्यो । तर, यसका निर्माताले आफ्नो शेयर रकम उठाउन एक बर्ष कुर्नुपर्यो । निर्माता सुनिलकुमार थापा भन्छन्–‘मैले आफ्नो हिसाब वितरकसँग लकडाउन अगाडि मात्र पूर्ण रुपमा पाएको छु । वितरकले अझै पनि केही हलबाट पैसा नपाएको गुनासो गरेका थिए । ३ महिना भित्र रकम दिने सहमती निर्मातासँग भएपनि चलचित्र चलेको एक महिनासम्म त हिसाब पनि पूर्ण रुपमा पाइदैन । तर, मैले ‘ए मेरो हजुर ३’ को काठमाडौं बाहिरको शेयर ४ महिनामा नै पाएको थिएँ ।’

केही समय अगाडि चलचित्र ‘ए मेरो हजुर ३’ले राम्रो कमाई गरेपछि ‘छक्का पन्जा ३’को शेयर रकम अब उठ्ने भयो भनेर दिपकराज गिरीले खुशी व्यक्त गरेका थिए । एउटा हिट चलचित्रको रकम पाउनका लागि निर्माताले अर्को हिट चलचित्र कुर्नुपर्ने वाध्यता चलचित्र क्षेत्रमा व्याप्त छ ।

चलचित्रको शेयर निर्माताले समयमा नपाउनुको कारण वितरक र हल संचालकले एकले अर्कोलाई देखाउँदै आएका छन् । एक वितरकले नाम नबताउने शर्तमा भन्छन्–‘हलले विभिन्न बहाना देखाएर पैसा नै दिदैनन् । खै, चलचित्रको कारोबार नगदमा भएपनि हललाई पैसा दिन किन समय लाग्छ ? बैंकमा केही समय राख्दा पनि ब्याज आउँछ भनेर हो कि ?’

निर्माताले समयमा रकम नपाउनुमा वितरकको पनि कमजोरी देखिन्छ । हल संचालकसँग वितरकले दबाब दिएर काम गर्न नै सक्दैनन् । वितरक धेरै हुँदा एउटासँग सम्बन्ध विग्रिए अर्कोसँग काम गर्छु भन्ने मानसिकता हलवालाहरुको छ । यसले पनि वितरकले हलसँग सम्बन्ध विगार्न नचाहँदा समयमा नै पैसा उठाउन सक्दैनन् । अर्कोतिर, वितरकले पनि एउटा चलचित्रको रकम रिलिज हुन लागेका आशातित चलचित्रलाई एडभान्स दिएर सक्छन् । यसपछि, ती चलचित्र रिलिज नभइन्जेलसम्म वितरकले पैसा दिन सक्दैनन् ।

चलचित्रमा लगानी गर्ने निर्माता नबाच्ने हो भने चलचित्र क्षेत्र पनि अगाडि बढ्न सक्दैन । यसैले, मुख्यकुरा एकले अर्कोसँग वेइमानी नगर्ने हो भने कसैले पनि पैसा पाइन भनेर रुनु पर्ने थिएन । यो बिषयमा समयमै निर्माता, वितरक र प्रदर्शक भएर सोच्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment