
काठमाडौं । कोरोना भाइरस संक्रमणको अशंका भएमा ४ हजार रुपैयाँमा यसको परीक्षण गर्न सकिने छ । परीक्षणको नतिजा ४ घण्टामै उपलब्ध हुनेछ । विध म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित कोभिड ल्याबले उक्त सुविधा उपलब्ध गराएको हो ।
कोरोना परीक्षणका लागि नेपाल सरकारबाट अनुमति पाएको विध म्यानेजमेन्टले सर्वसाधारणको सहुलियतका लागि भन्दै परीक्षण शुल्क घटाएर ४ हजार रुपैयाँमा गर्ने घोषणा गरेको हो । यस अघि संस्थाले ४ हजार ५ सय रुपैयाँ लिदै आएको थियो । यसैगरी परीक्षण रिपोर्ट यथास्रिघ उपलब्ध गराउने पनि विध म्यानेजमेन्टले जनाएको छ ।
उक्त संस्थालाई नेपाल सरकारले साउन १३ गते कोभिड ल्याब सञ्चालन गर्न अनुमति दिएको थियो । ललितपुरको कुपण्डोलमा रहेको यस ल्याबको दैनिक ४ हजार २ सय जनासम्मको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको छ । ल्याबका सञ्चालक बिके भण्डारीले सर्वसाधारणको सुविधाका लागि परीक्षण शुल्क र रिपोर्ट आउने समय पनि घटाइएको जानकारी दिए ।
‘हाम्रो प्रारम्भिक परीक्षणको नसतजा अनुसार ल्याबको क्षमता प्रयोग गर्दा हाम्रो ल्याबमा ४ हजार रुपैयाँमा नै आरटी-पीसीटी परीक्षण गर्न सकिने देखिन आएकाले जनताको सेवालाई मध्यनजर गर्दै हामीले आजैदेखि ४ हजारमामै सेवा दिनेछौं’ भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया 4