+
+
Shares

सरकारले वीरगञ्जमा पठायो उच्चस्तरीय स्वास्थ्य टोली

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १८ गते १६:२१

१८ साउन, काठमाडौं । सरकारले कोरोना महामारी फैलिएको पर्साको वीरगञ्‍जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो ।

पछिल्लो समयमा वीरगञ्जमा संक्रमितको संख्या अत्यधिक देखिएको छ । यहाँ साउन महिनामा मात्र १० जना भन्दा धेरैको मृत्यु भइसकेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आवश्यकता परेमा अन्य ठाउँमा पनि उच्च स्तरीय टोली पठाइनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?