
१८ साउन, काठमाडौं । भक्तपुर नगरपालिका र जिल्लाको विभिन्न स्थानमा रहेका दीपंकरहरुको भेलाले यस वर्षको पञ्चदान पर्व नमनाउने सहमति गरेको छ । आइतबार नगरपालिकामा भएको बैठकमा पाँचै दीपंकरले पञ्चदान पर्व नमनाउन स्वीकृति जनाएका हुन् ।
नगरपालिकाका प्रमुख सुनील प्रजापतिले पाँचै जना दीपंकरको भेलाले यस वर्ष पञ्चदान पर्व नमनाउने निर्णय गरिएको जानकारी दिए । कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेकोले यसवर्ष पर्व नमनाउने निर्णय गरिएको हो ।
पञ्चदान पर्वको दिन भक्तपुरको पाँच टोलमा रहेका दीपंकर बुद्धलाई पूजा गर्ने तथा दान दिने गरिन्छ । यस दिन भक्तपुरमा पाँच जना दीपंकर बुद्धलाई बिहारबाट निकाली टोल टोलमा घुमाएर पूजा तथा दान लिने गरिन्छ ।
बौद्ध धर्ममा यो पर्व बुद्ध बोधिसत्वको पूजा गर्ने र बुद्धधर्ममा दीक्षित भएका संघ सदस्यलाई दान प्रदान गर्ने पर्वसँग सम्बन्धित छ ।
प्रतिक्रिया 4