Comments Add Comment

ब्राजिलमा कोरोनाबाट मृत्यु हुने ९४ हजार नाघे

१९ साउन, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ९४ हजार नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसका कारण ९४ हजार १०४ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसका कारण ५४१ जनाको मृत्यु भएको छ ।

ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा मात्र कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई लाख नाघिसकेको छ । जसमा ब्राजिलमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २५ हजार आठ सय नयाँ संक्रमित फेला परेका छन् । यससँगै ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७ लाख ३३ हजार ६७७ पुगेको छ ।

गत साता ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोकी पत्नी मिशेल बोल्सोनारो र मन्त्रिपरिषद्का अन्य दुई मन्त्रीहरुमा पनि कोरोना संक्रमण पाइएको थियो । राष्ट्रपति जेयर बोल्सोनारो भने कोरोना संक्रमण पछि निको पनि भइसकेका छन् ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment