
नायक अक्षय कुमार र निर्देशक आनन्द एल राय नयाँ चलचित्र ‘रक्षाबन्धन’को तयारीमा जुटेका छन् । यो चलचित्रको आज घोषणा गरिएको छ । चलचित्रलाई हिमान्शु शर्माले लेखेका हुन् । नायक अक्षय कुमारले चलचित्रको फस्टलुक सार्वजनिक गरेका छन् । यो चलचित्रलाई आउँदो बर्षको नोभेम्बर ५ तारिखमा रिलिज गर्ने तयारी समेत यसको निर्माणपक्षले गरेको छ ।
यो चलचित्रको कथा विशेष भएको र यो सम्बन्धको सेलिव्रेशन भएको आनन्दले सामाजिक संजालमा लेखेका छन् । नायक अक्षय कुमारले यो चलचित्रको कहानीले दर्शकको मन छुने र कहिले हसाँउने त कहिले रुवाउने बताएका छन् । अक्षयकी बहिनी अलका, निर्देशक आनन्द एल राय र अक्षयले मिलेर यो चलचित्र निर्माण गर्न लागेका हुन् ।
चलचित्रमा अक्षयका ४ बहिनी र उनको सम्बन्धको कथा प्रस्तुत गरिनेछ । यो अक्षय र उनकी बहिनी अलकाको वास्तविक जीवनसँग मेल खाने भारतीय मिडियाले उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4