Comments Add Comment

इरानले कोरोनाबाट मृत्यु हुनेको तथ्यांक लुकाएको खुलासा

१९ साउन, काठमाडौं । इरानले कोरोना भाइरस (कोभिड–१९)को कारण मृत्यु हुनेको संख्या लुकाएको एक अनुसन्धानले देखाएको छ । बीबीसी पर्सियन भाषा सेवाले गरेको अनुसन्धानको क्रममा इरानले कोरोनाबाट मृत्यु भएको भनेर दाबी गरेको संख्याभन्दा वास्तविक संख्या तीन गुणाभन्दा धेरै रहेको पाइएको हो । सरकारको आफ्नै तथ्यांक अनुसार कोरोना भाइरसको लक्षण देखिएपछि मृत्यु हुनेको संख्या जुलाई २० सम्ममा करिब ४२ हजारको हाराहारीमा देखिएको छ । इरानको स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म कोरोना भाइरसको कारण १४ हजार ४०५ जनाको मात्र मृत्यु भएको बताएको छ ।

समग्र कोरोना संक्रमितको संख्या पनि सरकारले दाबी गरेको भन्दा करिब दोब्बर देखिएको छ । इरानको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ७८ हजार ८२७ रहेको बताइरहेको बताएको छ । तर, वास्तवमा यो संख्या चार लाख ५१ हजार २४ रहेको पाइएको छ ।

पछिल्लो केही सातायता इरानमा पुनः कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् । सूची र मेडिकल रेकर्डलाई आधार मान्दा इरानमा कोरोना भाइरसको कारण पहिलो मृत्यु जनवरी २२ मा भएको थियो । आधिकारिकरुपमा पहिलो मृत्युको घोषणा त्यसको एक महिनापछि मात्र गरिएको थियो ।

कोरोना भाइरसको महामारी सुरु भएसँगै इरानको कोरोना भाइरसको तथ्यांकमा आशंका व्यक्त गरिँदै आएको थियो । बीबीसीलाई एक स्रोतले यी तथ्यांक उपलब्ध गराएको हो । स्रोतको नाम वा पद भने खुलाइएको छैन ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment