Comments Add Comment

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

१९ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ भने १४९१६ जना निको भएका छन् ।

कहाँ कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीका ६७ जना, सप्तरीका ५१, मोरङका ४६, काठमाडौंका ४३, महोत्तरीका ३१, धनुषाका ३०, कञ्चनपुरका १६ तथा बाँके र कास्कीका ८/८ जनामा संक्रमण पुष्टि भएको छ ।

भक्तपुर, झापा र सुनसरीमा ५/५ जना, बारा र अछाममा ४/४ जना, ललितपुरमा ३, सर्लाही, रौतहट, सुर्खेत, दैलेख र रुकुम पश्चिममा २/२ जना तथा रसुवा, चितवन, गुल्मी, दोलखा, स्याङ्जा, रुपन्देही, बर्दिया र दाङमा १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment