+
+
Shares

मोटरसाइकल चोरीको आरोपमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २० गते ११:३६

२० साउन, चितवन । चितवनमा मोटरसाइकल चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा इच्छाकामना गाउँपालिका–७ गर्दासका ३० वर्षीय रामबहादुर गुरुङ, कालिका नगरपालिका–३ सिमलढापका २७ वर्षीय योगेश वाइवा र वडा नम्बर २ पदमपुरका २८ वर्षीय सुरज गुरुङ छन् ।

विभिन्न समयमा चोरी भएका मोटरसाइकलहरु र चोरीमा संलग्न शंकास्पद व्यक्तिहरुको पहिचान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको चितवनका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

उनीहरुको साथबाट ना १३ प ८५३८ नम्बरको होन्डा मोटरसाइकल (वास्तविक ना ४१ प ९६०१), ना ४१ प ९६०१ (वास्तविक प्रदेश ३–०३–००१ प ४६८५) र ना ६५ प ४९०७ (वास्तविक स १० प १११८) नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?