Comments Add Comment

अयोध्यामा राम मन्दिर बन्ने भएपछि राप्रपा अध्यक्ष प्रफुल्ल

२० साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले अयोध्यामा राम मन्दिर निर्माण हुने विषयले प्रफुल्लित तुल्याएको बताएका छन् ।

‘अयोध्यामा राम मन्दिर निर्माण हुन लागेको शुभ अवसरमा हामी समस्त हिन्दु धर्मावलम्बीहरू सहर्ष गौरवान्वित भएका छौं,’ अध्यक्ष राणाले मंगलबार ट्वीट गर्दै भने ।

भारतको अयोध्यामा बुधबार राम मन्दिरको शिलन्यास गरिने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री केपी ओलीले रामको जन्म नेपालमै भएको बताएपछि कतिपयले यस विषयमा अध्ययन–अनुसन्धान गर्नुपर्ने बताइरहेका बेला भारतले अयोध्यामा राम मन्दिरको शिलन्यास गर्न लागेको हो ।

यसैवीच, राप्रपाका अध्यक्ष राणाले सिन्धुपाल्चोकमा पहिरोमा परेर ज्यान गुमाएका, घाइते भएका व्यक्तिहरूका आफन्तलाई नेपाल सरकारले तत्काल राहत उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment