Comments Add Comment

कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालीन लकडाउन

२१ साउन, कैलाली । कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालका लागि लकडाउन गरिएको छ ।

मंगलबार स्वास्थ्यकर्मीसहित चौकीदार र भान्छे लगायत ७ जनामा कोरोना संक्रमण देखिएपछि अनिश्चितकालका लकडाउन गरिएको गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए ।
‘स्वास्थ्यकर्मीसहित क्वारेन्टिनमा काम गर्ने व्यक्तिहरूमा कोरोना संक्रमण देखियो,’ उनले भने, ‘यसले थप जोखिम निम्त्याउने भन्दै लकडाउन गर्ने निर्णय रहेका हौँ । ’

बुधबार बसेको गाउँपालिकाको बैठकले अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको उनले बताए । बुधबारदेखि गाउँपालिकामा रहेका बैङ्क तथा वित्तीय संस्था बजार सबै पूर्ण बन्द गरिएको उनले जानकारी दिए ।

‘स्वास्थ्यकर्मीसहित क्वारेन्टिनमा काम गर्ने व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको ‘कन्टयाक्ट’ मा आएका सबै व्यक्तिको पहिचान नहुँदासम्म लकडाउन हुन्छ,’ उनले भने, ‘हामीले अवस्था जटिल हुने देखेर लकडाउन गर्ने निर्णय गरेका हौँ ।’

कैलालीमा संक्रमितको संख्या ११६९ पुगेको छ । ती मध्ये कैलाली गाउँपालिकामा ४१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ३४ जना निको भएर घर फर्किसकेके स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

सङ्क्रमितकै स्वास्थ्य परीक्षणमा खटिएका स्वास्थ्यकर्मी, चौकीदार र भान्छे लगायत ७ जनालाई मङ्गलवार कोरोना संक्रमण देखिएको हो । ती मध्येका स्वास्थ्यकर्मी एक दिन घर गएर बसेका थिए ।

अहिले उनीहरुको सम्पर्कमा आएका २२ जना पहिचान भइसकेको र अन्यको खोजी भइरहेको अध्यक्ष चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment