Comments Add Comment

स्ट्रलिङ र बेलब्रिनेको शतकमा आयरल्याण्डको शानदार जित

२१ साउन, काठमाडौं । तीन खेलको ओडीआई सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा आयरल्याण्डले घरेलु टोली इंग्ल्याण्डमाथि शानदार जित हासिल गरेको छ ।

पउल स्ट्रलिङ र कप्तान एन्डी बेलब्रिनेले शतक प्रशार गरेपछि साउथह्याम्पटनमा मंगलबार राति भएको खेलमा आयरल्याण्डले इंग्ल्यान्डलाई ७ विकेटले हराएको हो ।

एजेस बाउलमा इंग्ल्यान्डले दितेको ३२९ रनको लक्ष्य आयरल्याण्डले ४९.५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।

आयरल्याण्डको जितमा पाउल स्ट्रर्लिङले १४२ रन बनाउँदा कप्तान एन्डी बेलब्रिनेले ११३ रन योगदान गरे ।

ह्यारी टेक्टर २९ तथा केभिन ओ ब्रायन २१ रनमा अविजित रहे । इंग्ल्यान्डका डेभिड विलि र एदील राशिदले १-१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले एक बल बाँकी छदा ३२८ रनमा अलआउट भएको थियो ।

इंग्ल्यान्डका लागि कप्तान इयान मोर्गनले १ ०६ रनको शतकीय इनिङ्स खेले । टम बान्टनले ५८, डेभिड विलिले ५१ रन जोडे ।

आयरल्याण्डका क्रेग योङले ३ तथा जोस लिटल र कुर्टिस काम्परले २/२ विकेट लिए ।

अन्तिम खेलमा पराजित भएपछि इंग्ल्यान्ड सिरिज क्लिन स्विप गर्न असफल भएको छ ।

पहिलो दुई खेल सहजै जित्दै इंग्ल्याण्डले सिरिज यसअघि नै आफ्नो पक्षमा पारिसकेको छ ।

अन्तिम खेल आयरल्याण्डले जिते पनि सिरिज भने इंग्ल्यान्डले २-१ ले जितेको छ ।

इंग्ल्याण्डले पहिलो खेल ६ विकेट र दोस्रो खेल ४ विकेटले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment