+
+
Shares

सर्लाहीका नेकपा अध्यक्षलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २१ गते १५:५०

२१ साउन, वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना संक्रमण भएकोछ । उनले बुधबार विज्ञप्ति जी गरी आफूलाई कोरोना संक्रमण देखिएको बताएका छन् ।

हाल उनी काठमाडौंमा डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बसेको र अवस्था सामान्य  रहेको उल्लेख गरेका छन् । ‘३/४ दिन पहिलेदेखि मलाई हल्का ज्वरो र घाँटीमा केही असजिलो समस्या अनुभव भएको थियो । शंका लागेर काठमाडौंमा आएर स्वाब संकलन गराएँ । पिसिआर टेष्ट कोभिड पोजेटिभ देखियो’ उनले विज्ञप्तिमा भनेका छन्।

यसबीचमा आफूले कामको सिलसिलामा केही भेटघाट र छलफल गरेको भन्दै उनले नजिकबाट आफ्नो सम्पर्कमा रहेकाहरुलाई सचेत हुन र परीक्षण गराउन सुझाव दिएका छन् । ‘कोरोनालाई सामान्य रोगको रुपमा ग्रहण गर्नुको विकल्प अब हामीसँग रहेन तर हामी सबैले सचेत भएर कोरोना फैलन नदिन आवश्यक मापदण्ड पालना गर्नैपर्छ’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?