+
+
Shares

जलवीरे खोलामा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु   

रासस रासस
२०७७ साउन २१ गते १९:४३

२१ साउन, मुग्लिन । चितवनको जलवीरे खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । बुधबार दिउँसो ३ बजे नुहाउने क्रममा इच्छाकामना गाउँपालिका–६ स्थित जलवीरे खोलामा डुबेर इच्छाकामना–४ सेक्लाङका अन्दाजी २० वर्षीय अभिषेक मगरको मृत्यु भएको हो ।

मगरको शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए । खोलामा डुबेर मृत्यु भएको अवस्थामा इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको संयुक्त टोलीले साँझ ५ः३० बजे खोलाबाट निकालिएको प्रहरी निरीक्षक तामाङले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?