
२२ साउन, वीरगञ्ज । नेपाली सैनिक, चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी, नेतासहित पर्सामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिको परीक्षणका क्रममा उनीहरुमा कोराना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा भारतीय महावाणिज्य दूतावासका ३० वर्षीय कर्मचारी पनि छन् ।
चण्डीप्रसाद गणमा कार्यरत ११ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ । कारागारमा स्वाब दिएका ३५, ३७, ३६,३३, ३५ र २५ वर्षका तथा चण्डीप्रसाद गणमा स्वाब दिएका ३३, ३२, ३३, ३४ र ३५ वर्षका नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल ल्याब स्रोतले जनाएको छ ।
गण्डक अस्पतालको इमरजेन्सीमा उपचाररत वीरगञ्ज-५ का ४० र वीरगञ्ज-४ विर्ताका ५० वर्षीय २ जना शंकास्पद बिरामीमा कोरोना संक्रमण देखिएको छ ।
ज्वरो आएका वीरगञ्ज- १२ का ६० वर्ष, वीरगञ्ज-१ रानीघाटका ३६ वर्षका, वीरगञ्ज-११ ओम आश्रमका ५६ वर्षका, वीरगञ्ज-१४ श्रीपुरका २३ वर्ष, रौतहट मौलापुरका २७ वर्षका गरी पाँचजना पुरुष रहेका छन् ।
यस्तै, आफैं कोरोना जाँच गराएका बाराको देवताल गाउँपालिकाका २२ वर्षीया र बाराको प्रसौनी गाउँपालिका-२ की ७३ वर्षीया महिला, पर्साको पोखरिया नगरपालिकाका-६ का ३३, वीरगञ्ज-१० का ३५ वर्षीय पुरुष, वीरगञ्ज-५ रेशमकोठीका ७३ वर्षीया महिला र १७ वर्षीय पुरुष तथा वीरगञ्ज प्रतिमा चोकका ३४ वर्षीय पुरुष गरी ७ जनामा कोरोना देखिएको छ ।
मास ट्रेसिङका क्रममा वीरगञ्ज-९ रानीघाटमा कोरोना जाँच गराएका वीरगञ्ज-९ गणेश टोलका ४५, ३४, ३७, र १६ वर्षका पुरुष, वीरगञ्ज-११ रानीघाटका ४० र वीरगञ्ज-१६ नगवाका ५२ वर्षीय पुरुषम गरी ६ जना, कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज- ९ रानीघाट गणेशटोलका ४७ वर्षीय, वीरगञ्ज- ४ विर्ताका २९ वर्षी, नारायाणी अस्पताल क्वाटरका ४८ वर्षीय, महोत्तरी घर भई वीरगञ्जमा कार्यरत ३७ वर्षीय चिकित्सक, नारायणी अस्पतालकै कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा परेका ५३ वर्षीय महिला र ७ वर्षीया बालिका गरी ६ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
४२ वर्षीय नारायणी अस्पतालका कर्मचारी, वीरगञ्ज-१० अशोकबाटिका बस्ने ३५ वर्षीया डायलायसिसका बिरामी, वीरगञ्ज-८ गहवा बस्ने २८ वर्षीय इन्भेष्टमेन्ट बैंकका कर्मचारी, वीरगञ्ज- ८ गहवाका ३० वर्षीय, पकाहामैनपुर गाउँपालिका- २ मैनपुर बस्ने २७ वर्षीय पुरुष गरी २ जना लायन्स क्लबका कर्मचारीमा कोरोना संक्रमण पुुष्टि भएको छ ।
प्रतिक्रिया 4